Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाका उपसभापति वाग्लेसहित १४ नेताले प्लेन टिकट पाएनन्!

मंगलबार, असोज ८, २०८१

काठमाडौं– चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १४ जना सांसद एवम् नेताहरूले टिकट नपाउँदा सभापति रवि लामिछानेको निर्देशनअनुसार फर्किन पाएका छैनन्।

रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल, डा. तोषिमा कार्की, मनिष झा लगायत १४ सांसद तथा नेता चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणमामा चीन भ्रमणमा जाँदा यता सभापति लामिछाने पक्राउको हल्ला चलेको थियो।

लगत्तै लामिछानेको प्रस्तावका आधारमा नेताहरूलाई फर्किनका लागि पार्टीले निर्देशन गरेको थियो। तर, सोमबार नै फर्किनुपर्ने सबैले चीनबाट नेपाल आउनका लागि प्लेन टिकट नपाएको बताइन्छ।

रास्वपाले आकस्मिक कार्यकर्ता भेला गर्दै चीनमा रहेका नेता–सांसदलाई यथाशक्य चाँडो फर्कन आग्रह गर्ने र सभापति पक्राउ परे प्रतिवाद गर्ने जानकारी दिएको थियो।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा शनिबार राति रास्वपा उपसभापति स्वर्णिम वाग्लेसहित सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, डा. तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका थिए।

रास्वपाका ७ जना सांसद र ७ जना नेता १० दिनका निम्ति चीन भ्रमण गएका थिए। यता सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा गोरखा मिडियाको प्रबन्ध निर्देशक रहँदा रकम अपचलन गरेको संसदीय विशेष समितिको प्रतिवेदनमा सिफारिस गरेअनुसार कारबाही हुने तयारी छ।
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्