Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वडीआईजी जोशी पक्राउपछि सूर्यदर्शन सहकारी ठगीको फाइलमा  गति, सीआईबीबाट खटिए अधिकारी

मंगलबार, असोज ८, २०८१

काठमाडौं– पूरक उजुरी परे पनि अनुसन्धानमा सुस्त देखिएको प्रहरीले पोखराको सूर्यदर्शन सहकारी ठगीको फाइल अगाडि बढाएको छ।

सहकारी ठगी प्रकरणको शिलशिलामा पूर्वडीआईजी छविलाल जोशी पक्राउ गरी म्याद थपेपछि अनुसन्धानले गति लिएको हो। थप अनुसन्धानको सहयोगका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का दुई जना अधिकारी पनि मंगलबार पोखरा पुग्नेछन्। 

अनुसन्धानमा सघाउन सिआइबीले मंगलबार दुई जनालाई पोखरा पठाएको उच्च स्रोतले जानकारी दियो। 

अहिले सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा कास्की प्रहरीले पूर्वडिआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक समिति सदस्य छविलाल जोशीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। 

सोमबार जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। जोशीले अदालतमा आफू गलत संगतमा परेको बयान दिएका थिए। उनले जीबी राई र रवि लामिछानेले निर्णय गरेको आफूलाई केही थाहा नभएको बताएका थिए। तैपनि गोरखा मिडियाका सञ्चालक रहेका कारण उनलाई अनुसन्धानको दायरामा तानिएको थियो। 

संसदीय छानबिन विशेष समितिले जोशीसहित जीबी राई, रवि लामिछाने, कुमार रम्तेलमाथि प्रचलित कानुनअनुसार कारबाहीका लागि सिफारिस गरेको थियो। रम्तेल कास्कीमा थुनामा छन् भने रास्वपा सभापति रहेका लामिछानेलाई पक्राउ तयारी गरिएको हल्ला चलेको थियो। 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्