Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओमानविरुद्धको खेलमा ‘डीएस ऐरी फर्किने’ 

मंगलबार, असोज ८, २०८१

काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा मंगलबार ओमानविरुद्ध आफ्नो प्लेइङ–११ मा परिवर्तन गर्दै अलराउन्डर दीपेन्द्र सिंह (डीएस) ऐरीलाई फर्काउने लगभग पक्का भएको छ। 

नेपाल र ओमानबीचको खेल किङ सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा नेपाली समयानुसार मंगलबार राति ८ः ४५ मा हुनेछ। क्यानडासँग १०३ रनले पराजित भएपछि ओमानविरुद्ध तीन परिवर्तन गरिएको थियो। 

ऐरी नेपाली टोलीका लागि एउटा मार्केबल अलराउन्डर हुन्। जसले भारतका युवराज सिंहको रेकर्ड तोडी असम्भव किर्तिमान कायम गरेका थिए। 

ओपनर कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी प्लेइङ–११ बाट हटाइएका थिए। अर्जुन साउद, अनिल साह र आरिफ शेखले मौका पाएका थिए। 

तर अनिल ओमानसँग सातौं नम्बर खेल्दै ३ रन र क्यानडासँग छैटौं नम्बरमा ब्याटिङ गर्दै १ रनमा आउट भएको तिक्ततालाई छिचोल्नका लागि ऐरीलाई फर्काउने सम्भावना बलियो रहेको हो। 

ओमानका जिशान मकसुद र आयन खान जस्ता बायाँ हाते ब्याटर मध्यक्रममा हुँदा दीपेन्द्र अफस्पिनमा राम्रो गर्न सक्ने नेपाली क्रिकेट प्रशिक्षकको विश्लेषण रहेको छ।
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्