दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईँका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ ।
दुर्गा प्रसाईँलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईँले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
प्रसाईँलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१ १४:४३
प्रतिक्रिया दिनुहोस्