Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुर्गा प्रसाईं पक्राउ प्रकरणमा सर्वोच्चको आदेश ‘सो कज’, अनुसन्धानमा प्रहरीलाई सहज

मंगलबार, असोज ८, २०८१

काठमाडौं– विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईं पक्राउ प्रकरणमा सर्वोच्च अदालतले कारण देखाऊ (सो कज) आदेश जारी गरेपछि अनुसन्धानमा प्रहरीलाई सहज हुने देखिएको छ।

प्रसाईका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्यूरो र जिल्ला अदालत काठमाडौंसँग प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण माग गरेको हो।

सर्वोच्चले कारण देखाउनका लागि आदेश मात्र माग गरेपछि त्यसको जवाफ पठाएर प्रसाईंमाथि छानबिन जारी राख्नका लागि प्रहरीलाई सहज भएको छ।

छाडेर वा बाहिर राखेर अनुसन्धान गर्नका लागि सर्वोच्चले आदेश नदिएका कारण हिरासतमा राखेर नै बयान लिन सहज हुनेछ। 

तर प्रसाईं बिरामी भएको भनी अस्पतालमा भर्ना छन्। 

जिल्ला अदालत काठमाडौंले प्रसाईलाई ३ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको थियो। प्रसाईंका छोरा निराजनले भने आफ्नो बाबुलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्द बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए।
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्