Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता

मंगलबार, असोज ८, २०८१

काठमाडौँ- श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले मंगलबार आफ्नो नाम फिर्ता लिएका हुन् ।

संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उत्तीर्णको प्रमाणपत्र माग गरेको थियो । तर उनले उक्त प्रमाणपत्र दिनुको सट्टा उनले राजदूतबाट नाम फिर्ता लिएको सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।सुनुवाइ समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गर्दा भट्टराईसँग भने स्नातक उत्तीर्ण भएको प्रमाणपत्र माग्ने निर्णय गरेको थियो । तर भट्टराईले आफूलाई ११ असोजसम्मको समय दिन समितिसँग माग गरेका थिए ।

१४ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको थियो । जसमध्ये अष्ट्रेलियाका लागि सिफारिस कान्ता भट्टराईको नाम सरकारले सुनुवाइ समितिमा नै पठाएन । १७ जनाको संसदीय सुनुवाइपछि समितिले १६ जनाको नाम अनुमोदन गरिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्