Nic Ad Nic Ad
Nic Ad Nic Ad

सत्ताले सोच बदल्छ ? भाइरल भइरहेको एउटा भिडियो जसमा रवि लामिछानेको सहकारी प्रसंग छ

मंगलबार, असोज ८, २०८१

सामाजिक सञ्जाल खासगरि फेसबुक र टिकटकमा एउटा भिडियो भाइरल भइरहेको छ । एक मिनेट ३० सेकेन्ड लामो सो भिडियो रवि लामिछानेको सहकारीसँगको सम्बन्धमा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, हालका प्रधानमन्त्री केपी शर्मा ओली लगायतले पहिले गरेको दाबी र राखेको धारणा समेटिएको छ । 

 

सत्ताले सोच बदल्छ ? भनेर भिडियो शुरू हुन्छ । 

satta-1-1727172535.png
त्यसपछि भिडियोमा देखिन्छन्, नेपाल प्रहरीका आइजीपी वसन्तबहादुर कुँवरको भनाई । उनलाई उदृत गर्दै लेखिएको छ - तथ्य प्रमाणको कुनै आधार छैन : - वसन्तबहादुर कुँवर । आइजीपी, नेपाल प्रहरी ।

आइजीपी वसन्तबहादुर कुँवरले समितिमा दिएको धारणाको टुक्रा राखिएको छ । त्यहाँ आइजीपी कुँवर भन्छन्, "ठाडो उजुरीकोरूपमा जुन इस्यु आयो, दर्ता भयो, तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन, कानूनको दायरामा पर्ने अवस्था छैन । अहिले त्यो जुन सांकेतिकरूपमा आएको छ रवि लामिछाने भन्ने त्यो बिषयमा अहिलेसम्मको तथ्य प्रमाणको आधारमा कुनै पनि आधार देखिदैन ।"

 

satta-2-1727172535.png
 

त्यसपछिको स्क्रिनमा देखिन्छ, तत्कालिन प्रधानमन्त्री पुष्पकमलको भनाइ । जहाँ लेखिएको छ, "कहीँ कतै जोडिएको देखिएको छैन : पुष्पकमल दहाल । तत्कालिन प्रधानमन्त्री ।" दाहालले संसदमा राखेको धारणाको भिडियो छ, जहाँ उनी भन्छन्, "हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भुमिकामा नरहेको र अदालतमा विचाराधिन मुद्दामा पनि उहाँ कहिँ कतै जोडिएको देखिएको छैन ।"

 

satta-3-1727172536.png
 

त्यसपछि देखिन्छ प्रधानमन्त्री केपी ओलीको भनाइ । लेखिएको छ, केही पनि छैन भने ... केपी शर्मा ओली प्रधानमन्त्री । भिडियोमा केपी ओली भन्छन्, "उनी पैसा उठाउने ओर्ने अथवा सहकारीका सञ्चालक केहि हो ? उनको कुनै पनि सहकारीमा संलग्नता, सदस्यता छ ? केहि पनि छैन भने कसरी छानविनमा पर्छन् ?" प्रचण्ड प्रधानमन्त्री रहेका बेला ओलीले रवि लामिछानेका पक्षमा दिएको अन्तरवार्ताको टुक्रा हो यो । 

 

satta-4-1727172537.png
 

त्यसपछि स्क्रिनमा देखिन्छ, हालसम्म कुनै उजुरी/जाहेरी छैन : - महान्यायाधिवक्ताको कार्यालय । त्यसपछि, हालसम्म कुनै उजुरी/जाहेरी, अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको भन्ने हाइलाइट गरिएको पत्र छ जसमा सहायक न्यायाधिवक्ताको मितिसहितको हस्ताक्षर छ ।

 

satta-6-1727172541.png
 

भिडियोको अन्त्यमा, रवि लामिछानेले लिएको छैन :- सूर्य थापा सभापति, छानबिन समिति भन्ने स्क्रिनमा देखिन्छ र त्यसपछि पत्रकार जगदिश खरेल र छानविन समितिका सभापति सूर्य थापा देखिन्छन् । जहाँ, पत्रकार जगदिश खरेल प्रश्न गर्छन्, व्यक्ति रवि लामिछानेले कुनै सहकारीबाट पैसा लिएको छैन ? सुर्य थापाले एक शब्दको जवाफ दिन्छन्, "छैन ।"

 

भिडियो हेरे पछि वास्तवमै लाग्छ, के सत्ताले सोच बदल्छ ? नेपालको राजनीतिमा सहि जवाफ हुन्छ, बदल्छ । सहकारीको मुद्दामा उदाहरण नेकपा एमाले हुन सक्छ । नेपाली कांग्रेस हुन सक्छ । नेपाली कांग्रेसका नेताहरू धनराज गुरूङ र गगन थापाहरू हुन सक्छन् । जसले सहकारीका पिडितका पक्षमा आवाज नउठाइ केवल राजनीतिक मुद्दा बनाइरहेका छन् । 

 

 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्