Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई महिनामै रोजगारीका लागि १ लाख १७ हजार युवा बाहिरिए 

मंगलबार, असोज ८, २०८१

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/०८२ को साउन र भदौमै १ लाख १७ हजार ६८ जना युवा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका छन्।

वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५ सय ७५ र भदौमा ५७ हजार ४ सय ९३ जना कामदार नेपालबाट श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका हुन्।

विदेश जाने कुल कामदारको करिब ३१ प्रतिशत कामदार यूएई गएका छन्। २ महिनामै रोजगारीका लागि यूएई जाने कामदारको संख्या ३६ हजार १ सय ४६ रहेको छ।

विभागका अनुसार साउनमा १७ हजार ५ सय ४ र भदौमा १८ हजार ६ सय ५ जना कामदार रोजगारीका लागि यूएई पुगेका छन्।

मलेसियाको रोजगारी ठप्पजस्तै हुँदा युवाको रोजाइमा यूएई परेको हो।
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार