Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो २०२४’ सञ्चालन हुने

मंगलबार, असोज ८, २०८१

ललितपुर- ललितपुरको पाटन क्षेत्रमा ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो २०२४’ सञ्चालन हुने भएको छ । ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा  ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो २०२४’ सञ्चालन हुने भएको हो । 

 ‘समृद्धिका लागि सम्पदा संरक्षण’ मूल नाराका साथ यही असोज ११ देखि १३ गते (सेप्टेम्बर २७ देखि २९, २०२४) सम्म एक्स्पो संचालन हुने आयोजक संस्था ललितपुर रत्न तथा आभुषण संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । एक्स्पोको  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने जनाइएको छ । ‘ऐतिहासिक पाटन क्षेत्रको प्रचार प्रसार तथा प्रवद्र्धनका साथै यहाँको समग्र विकासमा यो एक्स्पोले महत्वपूर्ण योगदान पुर्याउने छ,’ उनले भने । 

एक्स्पोमा सांस्कृतिक व्यापारिक, फुड र पर्यटन प्रवद्र्धनात्मक लगायत गरी २५ वटा स्टल रहनेछन् । ती स्टलहरुका माध्यमबाट स्थानीय उद्योग, व्यवसाय, नेपालमा पाइने खनिजका साथै कला, संस्कृति, सांस्कृतिक गहना तथा कलाकृतिहरुको प्रवद्र्धन हुने जनाइएको छ । स्थानीय कालिगढ, रत्न तथा आभूषण उद्यमी तथा व्यापारिक क्षेत्रसमेत एक्स्पोबाट प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ । 

त्यसैगरी क्लासिक डाइमण्ड ज्वेलर्सको प्रस्तुतिमा एक्स्पोको मुख्य आकर्षण रहने गरी र्याम्प वाल्क हुँदैछ । एक्स्पोको अन्तिम साँझमा र्याम्प वाल्कमार्फत समापन कार्यक्रम हुने अर्का आयोजक संस्था रोटरी क्लब अफ पाटन हेरिटेजका अध्यक्ष सज्जु व्यञ्जनकार बताए । र्याम्प वाल्क युवा पुस्तामाझ चर्चित तथा लोकप्रिय रहेकाले कार्यक्रममा थप आकर्षण थपिने उनले बताए । सो अवसरमा परम्परागत आभूषणहरुको प्रदर्शनी गरिने छ । पोशाक पनि नेपाली मौलिकता तथा परम्परागत शैलीका हुनेछन् । विश्व पर्यटन दिवसको अवसरमा नेपाली मौलिक संगीत तथा नृत्य लगायत मनोरन्जनात्मक प्रस्तुतीहरु रहने उनले बताए । ‘पछिल्लो समय कोभिड महामारी र त्यसपछि आर्थिक क्षेत्रमा देखिएको मन्दीका कारण आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । व्यवसायीहरु पनि पलायनको अवस्थामा छन् । यस्तो विषम परिस्थितिमा आयोजित एक्स्पोको माध्यमबाट आर्थिक गतिविधि बृद्धि हुने अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने हामीले विश्वास लिएका छौं, उनले भने ।’ 

एक्स्पो संचालनका लागि क्लासिक डाइमण्ड प्रालि, इन एसोसिएसन विथमा ललितपुर महानगरपालिका वडा नम्वर १६, प्रमोटेड बाइमा ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समिति, बैंकिङ पार्टनरमा लक्ष्मी बैंक लिमिटेड, इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको), हस्पिटालिटी पार्टनरमा द पाटन म्युजियम क्याफे (अपरेटेड बाइक होटल हिमालय), बोर्डकास्टिङ पार्टनरमा नेपाल मण्डल टेलिभिजन, मेकअप पार्टनरमा लक्स मेकअप आर्टिस्ट्री, वेडरोब पार्टनरमा ड्रिम वेयर फेसन द बुटिक, डिजिटल मार्केट्रिङ पार्टनरमा वेवट्युन स्टुडियो, इभेन्ट म्यानेजमेन्ट बाइमा इभेन्ट सोलुसन सहयोग गर्ने भएका छन् । 

त्यसैगरी, सपोर्टेड बाइमा गोदावरी नगरपालिका, ट्रेड एण्ड एक्स्पोर्ट प्रमोशन सेन्टर (टिइपिसी), रत्न तथा आभुषण व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल हस्तकल महासंघ, ललितपुर महानगरपालिका वडा न. ६, वडा न. १२, पाटन टुरिजम डेभलपमेन्ट अर्गनाइजेसन, गोदावरी उद्योग वाणिज्य संघ, नेपाल रत्न तथा आभुषण संघ, ललितपुर सुनचाँदी व्यवसायी संघ, पाटन सँग्रहालय छन् । त्यस्तै कुमारी बैंक लि., नबिल बैंक लि. महालक्ष्मी विकास बैंक लि., नेपाल कमर्सियल इन्टरप्राइजेज प्रा.लि, गोदरेज, पिएम कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि, इपास, रोट्याक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ काठमाडौं हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल र रोटरी क्लब अफ भरतपुर रहेका छन् ।   

 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्