Nic Ad Nic Ad
Nic Ad Nic Ad

मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन, झोला रेडी छ : रवि लामिछाने

मंगलबार, असोज ८, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय छानबिन समितिले आफूलाई सहकारी अपचलनमा निर्दोष ठहर गरेको दाबी दोहोर्याएका छन् । गोर्खा मिडियामा आएको रकम खर्च गरेको विषयमा भएको कारवाही सिफारिस आफूलाई मान्य भएको उनको भनाइ छ ।

आज फेसबुक लाइभमा आएर उनले छानबिन समितिले दिएको प्रतिवेदनबारे आफ्नो दृष्टिकोण राखेका हुन् । आफ्नो कार्यकालमा कुनै पनि गैरकानूनी काम भएको भए त्यसको जिम्मेवारी लिन तयार रहेको उनले बताए ।लामिछानेले भने, ‘प्रतिवेदनले भन्यो, मैले सहकारीबाट ऋण लिएको छैन । त्यो आरोपबाट त म मुक्त भएँ । अब बोलिरहनु परेन । कार्यालयमा आएको पैसा खर्च गर्दा कुनै कानूनी कारवाहीको हकदार हुनुपर्छ भने म त्यसका लागि तयार छु ।’

आफूलाई तत्काल पक्राउ नगरे पनि दशैंको बेला काठमाडौं सुनसान हुने बेला पक्राउ गर्न सकिने उनले आशंका व्यक्त गरे ।

उनले भने, ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरू देखियो भन्नुस्, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन ।’

विगतमा देशका प्रधानमन्त्रीले नै संसदमा उभिएर आफ्नो मुद्दाबारे स्पष्ट पारेको लामिछानेले बताए ।

उनले थपे, ‘सबै संयन्त्रहरूलाई सोधेर प्रधानमन्त्रीले सदनमा नै बोल्नुभएको होइन रु ती सामग्रीहरू अझै छैनन् रु राजनीतिक कित्ता फरक पर्छ । सत्तापक्ष र प्रतिपक्षको सिट फेराफेरमा सत्य फेराफेर हुँदैन । सत्यको मोलमोलाहिजा हुँदैन । अन्याय गर्न पाइँदैन ।’

आफ्नो समर्थनमा भेला भएकाहरूलाई भिडको संज्ञा नदिन उनले आग्रह गरे ।

लामिछानेले भने, ‘भिड होइन, शुभचिन्तकहरू हुन् । अन्याय पर्दा जनताले बोल्छन् । मैले अपिल गरेको होइन, उहाँहरूले स्तस्फुर्त समर्थन गर्नुभएको हो ।’

 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २०:१९
प्रतिक्रिया दिनुहोस्