Nic Ad Nic Ad
Nic Ad Nic Ad

डेङ्गी नियन्त्रणका कार्यक्रम थप सक्रिय बनाउँदै काठमाडौँ महानगरपालिका : डेङ्गी सार्ने लामखुट्टेको बासस्थान नष्ट गरिने

मंगलबार, असोज ८, २०८१

काठमाडौं – काठमाडौँ महानगरपालिकाले डेङ्गी संक्रमणबारे टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन ११८० सञ्चालनमा ल्याएको छ ।

अस्पताल जानुपरे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने महानगरले जानकारी दिएको छ । यी हटलाइन नम्बर चौबिसै घण्टा सञ्चालन हुने महानगरले जनाएको हो ।

पछिल्लो चार वर्षयता काठमाडौंमा डेङ्गी संक्रमण व्यापक बढिरहेको छ । विशेषगरी बर्खायाम अर्थात्‌ साउन, भदौ, असोज र कात्तिकसम्म यस रोगको संक्रमण दर तीव्र हुने गरेको छ ।

डेङ्गी सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान थाल्ने भएको छ । महानगर क्षेत्रका बासिन्दामा डेङ्गी संक्रमण बढ्दै अस्पताल भर्ना हुन थालेपछि महानगर संक्रामक लामखुट्टेको बासस्थान नै नष्ट गर्ने जानकारी दिएको हो ।

महानगरले डेङ्गी संक्रमण उपचार गर्न चाहिने सिटामोल र जीवनजललगायत आवश्यक औषधिको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पर्याप्त उपलब्ध गराइएको पनि जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्