Nic Ad Nic Ad
Nic Ad Nic Ad

लगानी विस्तारबाटै रोजगारी र सुरक्षा प्रत्याभूति : ढकाल

मंगलबार, असोज ८, २०८१

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी एवम् विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ्ने र श्रमिक सुरक्षा प्रत्याभूति हुने बताएका छन् ।

मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन । उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षण गर्ने वातावरण निर्माण हुने धारणा राखे ।

साना तथा मझौला उद्यमीलाई फस्टाउने अवसर प्रदान नगरि सबै क्षेत्र अगाडि बढन नसक्ने ढकालको तर्क थियो । साना उद्यमीको अधिकारको विषयमा पनि सरकार र विकास साझेदारले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

अनौपचारिक क्षेत्र र त्यहाँ कार्यरत श्रमिकको औपचारिकीकरणका लागि पनि सबै क्षेत्र मिलेर काम गर्नुपर्ने ढकालले बताए । उनले औपचारिकीकरणका लागि रणनीति बनिरहेको जानकारी गराउँदै दिगो आर्थिक विकासका लागि सबैले पहल गर्नुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार