Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप क्रिकेट लिग-२ : नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

मंगलबार, असोज ८, २०८१

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान बीचको खेल रोकिएको छ । क्यानडाको किङ् सिटीमा ८ः४५ बजेका लागि तय भएको खेलमा वर्षा बाधक बनेपछि टस नै हुन नसकेको हो ।

क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले आज चौथो खेल खेल्न लागेको हो । विश्वकप क्रिकेटमा खराब सुरुआत गरेको नेपाल घरेलु टोली क्यानडासँग दुई र ओमानसँग एक खेल पराजित भएको थियो । खेल रद्ध भएसँगै ओमन र नेपालबिच एक/ एक अंक बाडेका छन् । 

त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

यस्तै, नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो भने तेस्रो खेलमा पनि क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २२:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार