Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्यमा नयाँ किर्तिमानः तोलाको एक लाख ६० हजार कट्यो

बुधबार, असोज ९, २०८१

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ४० रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो । 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्