Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्जुन लामा हत्या प्रकरणः  माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा, निर्णय सुनाउने पेशी

बुधबार, असोज ९, २०८१

काठमाडौं– काभ्रेका अर्जुन लामा हत्या प्रकरणमा बारम्बार सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढ्दै र स्थगित हुँदै आएको माओवादी उपाध्यक्ष अग्नी सापकोटाविरुद्धको मुद्दामा बुधबार फैसला सुनाउने पेशी तोकिएको छ।

पूर्वसभामुख समेत रहेका सापकोटा विरुद्धको उक्त मुद्दामा संवैधानिक इजलासले मिति तोकेको थियो। फैसला नआए यो मुद्दा फेरि पुनः सुनुवाईमा जानेछ। 

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले असोज २० गतेदेखि अवकाशमा जाने भएकाले मुद्दा नधकेल्ने हो भने बुधबार नै फैसला आउने सम्भावना बलियो रहन्छ। 

काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते बहस सकिएर निर्णय सुनाउने तोकिएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै पक्षको बहसपछि निर्णय सुनाउने भनी यसअघि नै मिति तोकिएको भए पनि विविध कारणले फैसला हुन सकेको छैन। 

गत जेठ २३ गते प्रधानन्यायाधीश श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधानमल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गते तोकेको थियो। 
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्