Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेले सहकारी ठगीको अनुसन्धान रोक्न खोजेः एमाले महासचिव

बुधबार, असोज ९, २०८१

कैलाली– नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणको अनुसन्धान रोक्ने खोजेको दाबी गरेका छन्। 

धनगढीमा पत्रकार सम्मेलनका क्रममा बुधबार उनले भने,‘आफूमाथि प्रश्न उठेपछि त्यसबारेमा अनुसन्धानमा सघाउने दायित्व राजनीतिक दलका नेताको हुन्छ। तर, उनी अबरोध गर्न खोजिरहेका छन्।’

अभियोग कति गम्भीर छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले समेत बुझ्नुपर्ने तर्क गरेका महासचिव पोखरेलले भने,‘एउटा कम्पनी खडा गरेर टेलिभिजन सञ्चालनका लागि प्राप्त गरेको समग्र पैसासहकारीमार्फत प्राप्त गरेको र सहकारीले कम्पनीले लगानी गर्न नमिल्ने कानुन रहेको यो पक्षलाई बुझ्नुपर्छ।’ 

कानुन नै नभएको स्थितिमा सहकारीको पैसा टेलिभिजनमा लगानी गर्न लगाउने काममा संलग्न हुने अनि अनुसन्धान गर्नेबेला त्यसलाई प्रभावित बनाउने, अवरुद्ध बनाउने कुरा बाञ्छनीय हुन सक्तैन।
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्