Nic Ad Nic Ad
Nic Ad Nic Ad

चालु आवको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

बुधबार, असोज ९, २०८१

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी)ले नेपालमा चालु आर्थिक वर्षमा ४.९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।

एडीबीले गत आर्थिक वर्ष २०८०–८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत भएको जनाएको छ । चालु आवमा नेपालको मूल्यवृद्धि दर ५.५ प्रतिशत रहने एडीबीको भनाइ छ । नेपाल राष्ट्र बैंकले भने मूल्यवृद्धि ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ ।

दक्षिण एसियाली भेगमा सन् २०२४ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । सन् २०२५ मा यसै क्षेत्रमा  ६.५ प्रतिशतको वृद्धिदर हुने अनुमान छ । सन् २०२३ मा ६.८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त भएको थियो । यस भेगमा सबैभन्दा धेरै भारतको वृद्धिदर हुने देखिएको छ । भारतले ७ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने एडीबीको अनुमान छ । बंगलादेश, भुटान र माल्दिभ्सले समेत यस वर्ष ५ प्रतिशत माथिको वृद्धिदर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्