Nic Ad Nic Ad
Nic Ad Nic Ad

घूस लिएको आरोपमा वडा अध्यक्ष ओलीसहित २ जना अख्तियारको नियन्त्रणमा

बुधबार, असोज ९, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष डिल्ली प्रसाद ओलीसहित २ जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगले झापा, बुद्धशान्ती गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीसहित २ जना घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

ओलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि घुसररिसवत लिइसकेको अवस्थामा इलाका प्रहरी कार्यालय, अनारमनी, झापामा बुझाइएको थियो ।प्राप्त सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले ओलीलाई रु.८०,०००।– (असी हजार रुपैयाँ) घुसररिसवत सहित इलाका प्रहरी कार्यालय, अनारमनी, झापाबाट निज र घुसररिसवत दिने भारतीय नागरिक अमरनाथ चौहानसमेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्