Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिल्म नचलेपछि अभियन्ता बनेकी आशिकाविरुद्ध आपराधिक उपद्रो मच्चाएको जाहेरी 

बुधबार, असोज ९, २०८१

काठमाडौं– भाइरल र हिट हुने चाहनामा ८ बर्षअघि बनाएको फिल्म फ्लप भएपछि विभिन्न सामाजिक मुद्दामा अहिले अभियन्ता बनेकी आशिका तामाङविरुद्ध आपराधिक उपद्रो मच्चाएको आरोपमा जाहेरी परेको छ।

केही दिनअघि पानीको रकम बढी लिएको भनी सामाजिक सञ्जालमा छाएकी उनी एउटा झोलुङ्गे पुल तर्दा रकम तिर्नुपर्ने विषयमा पनि भाइरल भएकी थिइन्। 

उनीविरुद्ध सोही विषयमा भक्तपुरको सूर्यविनायक नगरपालिकाले प्रहरी प्रभाग जगातीमा जाहेरी दिएको हो।  

केही दिनअघि उनले सो नगरपालिका अन्तरगत पुलमा भइरहेको रकम असुलीको विरोध गर्दै बनाएको भिडिओ भाइरल भएपछि नगरपालिका कानूनी प्रतिवादमा उत्रेको हो।

झोलुंगे पुलमा जान २० रूपैयाँको टिकट काट्नुपर्ने भनिएपछि आशिकाले हंगामा गरेकी थिइन्। उनले टिकट काट्न व्यक्तिहरूलाई हप्किदप्की गर्नुका साथै साइनबोर्ड फुटाउने र टिकटहरू च्यातचुत पार्ने काम गरिन्। 

हिरोइन हुने सपना पूरा गर्न आशिकाले आफ्नै लगानीमा फिल्म सुश्री नामको फिल्म बनाएकी थिइन्। 

आर्यन सिग्देलसँग रोमान्स गर्न पाउँदा उनी दंग थिइन् तर जब रिलिजका बेला आयो, ‘खाऊँ भने दिनभरिको सिकार, नखाउँ भने कान्छा बाउको अनुहार’जस्तो भएको थियो। ठमेल डटकम, परदेशी र अधकट्टीसँग भिडेको फिल्म फ्लप भयो।

यसपछि भने उनले फिल्म निर्माण गरिनन्। जर्मनीको बासिन्दा रहेकी उनी दशैंलगायतका चाडवाडमा हुने पशु चौपायाको बध गरिने परम्पराको बिरोधमा पनि लागेकी थिइन्।
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार