Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओली र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेटवार्ता, के भयो कुराकानी ?

बिहीबार, असोज १०, २०८१

न्युयोर्क — अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी की प्रमुख कार्यकारी अधिकृत सीईओ एलिस अल्ब्राइटले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।

उनीहरूबीच भेटवार्ता न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको ७९ औं महासभाका दौरान साइडलाइनमा भएको हो ।

दुई जनाबीच अमेरिकाको ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगमा नेपालमा निर्माण भइरहेको ऊर्जा तथा सडक पूर्वाधार विकासको बारेमा कुराकानी भएको थियो । न्युयोर्कस्थित राष्ट्र संघको लागि नेपालको स्थायी नियोगका अनुसार उक्त अवशरमा प्रधानमन्त्री ओलीले एमसीसीमार्फ नेपाललाई गरेको सहयोगलाई लिएर धन्यवाद दिए ।

कुराकानीमा उच्च गुणस्तरमा ट्रान्समिसन लाइन र सडक पूर्वाधार परियोजना निर्माण समयमै सक्ने आशा गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका थिए । अमेरिकी पक्षले भने समयमै ऊर्जा र सडक पूर्वाधार निर्माणको काम पूरा गर्ने वाचा गरेको थियो ।


 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्