Nic Ad Nic Ad
Nic Ad Nic Ad

गैरहाजिर रहेका २४ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

बिहीबार, असोज १०, २०८१

काठमाडौँ - नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै सात दिनभित्र उपस्थित हुन भनेको हो ।गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

गैरहाजिर हुनेहरूमा तीन जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हबल्दार र १९ जना प्रहरी जवानका छन् ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो।

हेर्नुहोस् सूचना : 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्