नेभिगेशन
समाज विविध

सुस्ता जोड्ने नारायणीमा बन्यो १५७१ मिटर लामो झोलुङ्गे पूल, राष्ट्रपति पौडेलले गर्दैछन् उद्घाटन

काठमाडौं– नवलपरासीको सुस्ता जोड्ने नारायणी नदीमा १ हजार ५७१ मिटर लामो झोलुङ्गे पूल निर्माण सम्पन्न भई विहीबार उद्घाटन हुँदैछ। 

प्रतिनिधि सभा सदस्य तथा उद्योगपछि बिनोद चौधरीको निर्वाचन क्षेत्रमा बनेको उक्त पूलको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्दैछन्। 

पूलको उद्घाटनको जानकारी चौधरीले दिएका हुन्। 

चौधरीले भनेका छन्,‘यो पूलले नेपालको भूगोल मात्र होइन भावनालाइ पनि जोडेको छ। नारायणी नदीमा पुल नहुँदा सुस्तावासीले बर्षौ भोग्नु परेको विकराल समस्याको समाधान भएको छ।’

२०७९ को चुनावमा आफू प्रत्यासी हुँदा पूल अलपत्र अवस्थामा रहेको जानकारी दिएका चौधरीले भने,‘मैले यो पूल निर्माण सम्पन्न गर्ने अठोट गरेको थिएँ। र आज दुई वर्ष नपुग्दै उद्घाटन हुँदै गर्दा अत्यन्तै खुशी छु।’

कार्यक्रमका लागि चौधरी सुस्ता पुगिसकेका छन्।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध