Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि आवेदकहरूलाई अन्तर्वार्तामा बोलाइयो

बिहीबार, असोज १०, २०८१

काठमाडौँ - नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका आवेदकहरूमध्ये तीनजना उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाइएको छ। अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन सूचना जारी गरेको हो । 

सूचना अनुसार, संक्षिप्त सूचीमा परेका आवेदकहरूमा कृष्ण बहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारी रहेका छन्। उनीहरूलाई आगामी १८ असोजका दिन बिहान ८ः०० बजे सिंहदरवारस्थित अर्थ मन्त्रालयमा अन्तरवार्ताका लागि बोलाइएको छ।

अर्थ मन्त्रालयको सूचनामा भनिएको छ, “नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिको २०८१ असोज ९ गतेको निर्णयानुसार उक्त सूचना प्रकाशित गरिएको हो।” सिफारिस समितिले अध्यक्ष पदका लागि उपयुक्त उम्मेदवारको चयन गर्न अन्तरवार्ता र कार्ययोजनाको प्रस्तुतीकरणमार्फत मूल्यांकन गर्नेछ।

अर्थ मन्त्रालयले आवेदकहरूलाई तोकिएको मिति र समयमा उपस्थित हुन पुनः जानकारी गराउँदै, कुनै कारणवश अनुपस्थित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी स्वयं आवेदकको हुने जनाएको छ।

 

Tags :     

प्रतिक्रिया दिनुहोस्