Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्लाहीमा पतिले चित्रलेखाको हत्या गरेको आरोप, विदेशबाट फर्किएपछि निरन्तर हुन्थ्यो झगडा

बिहीबार, असोज १०, २०८१

काठमाडौं– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ मा पतिले चित्रलेखा यादवको गोली हानी हत्या गरेको आरोप लागेको छ। राती १ः४५ मा गोली चलाईएको प्रहरीले जनाएको छ।

आपसी विवादका कारण गोली चलाउँदा पत्नीको मृत्यु भयो भने ५४ वर्षीय बुवा रामदिनेश राय घाइते छन्। 

गोली हान्ने व्यक्तिको खोजी भइरहेको छ।

एक महिनाअघि कुवेतबाट फर्किएका पति र चित्रकलाबीच निरन्तर झगडा हुने गरेको पत्ता लागेको छ। उनले सोही क्रममा सबैलाई मार्छु भन्दै घरबाट निस्किएको एक महिनापछि अचानक फर्किएको बताइन्छ।

राती साढे १२ बजे घर अन्य २ जना व्यक्ति पनि ऊसँगै मोटरसाइकलमा आएको पत्ता लागेको छ। सोही क्रममा पत्नीलाई यातना दिएको भाउजूले देखेको पनि बताईएको छ। 
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्