सुनको मूल्यमा नयाँ किर्तिमानः तोलाको एक लाख ६० हजार कट्यो
काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१ १०:५८
प्रतिक्रिया दिनुहोस्