नेभिगेशन
राजनीति

माओवादी निकट अखिल क्रान्तिकारीको २३औं सम्मेलन आजदेखि, यी हुन् अध्यक्षका १७ आकांक्षी

काठमाडौं– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ।

त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिवेशनको उद्घाटन गर्नेछन्। 

यस पटक हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी धेरै छन्। यसअघि विवाद हुँदा अध्यक्ष प्रचण्डले पञ्चा सिंहलाई अध्यक्ष मनोनित गरेका थिए। 

२२ औं सम्मेलनमा रञ्जित तामाङ निर्वाचित भएयता सम्मेलन हुन सकेको छैन। यो सम्मेलनमा अध्यक्षमा १७ जना प्रत्यासी छन्।

इन्द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युत भट्ट अध्यक्षका प्रत्यासी छन्।

यस्तै, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रविणा अधिकारी, सूर्यनारायण साह, गजेन्द्र देव लगायत अधिकांशको अध्यक्षमा सशक्त दाबेदारी छ। यो दौडमा महासचिव दिपेश पुन पनि रहेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति