Nic Ad Nic Ad
Nic Ad Nic Ad

१० दिनका लागि चीन पुगेको रास्वपा टोली ५ दिनमा फर्कियो

बिहीबार, असोज १०, २०८१

काठमाडौं– १० दिनका लागि चीन भ्रमणमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र नेताको टोली ५ दिनमा नै फर्किएको छ।

उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली शनिबार राति चीन गएको थियो।

पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै टोली भ्रमण छोट्याएर विहीबार स्वदेश फर्किएको हो।

उपसभापति वाग्लेले बेइजीङको भ्रमण नगरी फर्किएको बताए। 

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. वाग्लेको नेतृत्वमा ७ सांसद र ७ गैरसांसदसहित १४ जना चीन पुगेका थिए। 
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्