नेभिगेशन
अर्थ विविध

एक महिनामा भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यो आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी भहो।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष ८७ करोड ९८ लाख रहेको थियो ।

साउनमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति लिनेको ३६ हजार ९२८ छ ।

यो महिनामा पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको साउनमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्