Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुस्तामा बन्यो देशकै लामो झोलुंगे पुल, बल्ल जोडियो नेपाली भूमी : विनोद चौधरी

बिहीबार, असोज १०, २०८१

बर्दघाटः सांसद विनोद चौधरीले सुस्तामा बनेको  निर्माण सम्झौता भएको झण्डै दश वर्षपछि सुस्तामा झोलुंगे पुल बनेको छ । यो पुलले नेपालको भूगोललाई मात्रै जोडेको छैन, यहाँका जनताको भावनालाई पनि जोडेको चौधरीले बताएका छन् । अब यो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रुपमा पनि उदाउने मेरो विश्वास छ ।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ५ मा नेपालकै लामो पुल बनेको हो । पुलको बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले पुलको उद्घाटन गरेका हुन् ।  

88-1727358437.jpg
पुल निर्माणसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको हो । नारायणी नदिमा एक हजार पाँच सय ५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दा खुुसी छन् ।  ‘यो पुल हाम्रा लागि लाइफलाइन हो, सुस्ताका रविन्द्र जयसवालले भने, ’निर्माण ढिलो भएपनि विगतमा आफ्नै देशको भूमिभित्र जान पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो । अब बाध्यताबाट हामी मुक्त भएका छौं ।’ 
२०७० सालमा सम्झौता भएको यो झोलुंगे पुल तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । साढे २३ करोडमा त्रिशुली आश्रय जेभी कन्ट्रक्नसले निर्माणको ठेक्का पाएको यो पुल असारमा निर्माण सम्पन्न भएको हो । 

11-1727357919.jpg
स्थानीय जयसवालका अनुसार २०७४ सालको दोस्रो संविधान सभा निर्वाचनबाट यहि क्षेत्रबाट निर्वाचित सांसद देवकरण कलवारले पुलको काम अगाडि बढाउन निर्माण कम्पनीलाई दवाव दिनुका साथै सरकारसँग निरन्तर पहल गरेका थिए । 
पछिल्लो दुई वर्षयता पुल निर्माणको कामले गति लिएको हो । यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरीले पुल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारसँग निरन्तर समन्वय गर्दै आएका थिए । उनले शहरी विकास मन्त्रालयलाई आवश्यक बजेट निकासाका लागि पहल गर्नुका साथै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गरेका थिए । 
सांसद चौधरीले सुस्ता पुलले नेपाली भूमि जोड्ने काम गर्नुका यहाँका नागरिकको दैनिकीमा पनि ठूलो प्रभाव पार्ने बताए । ‘आफ्नै भूमिभित्र जान पनि अर्को देशको बाटो भएर जानुपर्ने बाध्यताको अब अन्त्य भएको छ । यो अत्यन्तै पीडादायी अवस्था थियो नवलपरासी सुस्ताको,’ उनले भने, ‘लामो समयसम्म पुल निर्माण कार्य सम्पन्न भएन । ढिलै भएपनि पुल निर्माण सम्पन्न भएको छ । अब यसले यो क्षेत्रका नागरिकको जीवनमा त खुसी ल्याउँछ नै, यो क्षेत्रकै आकर्षक पर्यटकीय गन्तब्य बन्नेछ ।’ उनले यो पुलले सुस्ताको भूगोल मात्रै नजाडी यहाँका नागरिकको भावनालाई पनि जोडेको बताए । 
नारायणी नदिमा पुल बनेपछि सुस्तापारी पहिलो पटक विजुली पुगेको छ । करिव ३५० घरधुरी रहेको सुस्तापारी पुलकै बाटो भएर विजुली लगिएको हो । झोलुंगे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँ–बायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्तामा विद्युत् पु¥याइएको हो ।

8-1727359040.jpg
सांसद चौधरीले निर्वाचित भएलगत्तै विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङसँग सुस्ताम विद्यतुीकरणका लागि पहल गरेका थिए । यसैबीच सांसद चौधरीले सुस्तापारीका बासिन्दालाई सहुलियतमा विजुली उपलब्ध गराउन सरकारसँग पहल सुरु गरेका छन् । उनले उर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई लिखित पत्र पठाउँदै सहुलियतको विजुलीका लागि आग्रह गरेका हुन् । 

1-1727358398.jpg
‘हाम्रो पहिलो प्राथमिकतामा सुस्तालाई पुलले जोड्ने र त्यहि पुलबाट विजुली लैजाने प्रवन्ध गर्ने थियो । यो दुबै काम एकैपटक सम्पन्न भएको छ । अब सरकारले यहाँका नागरिकलाई सहुलियतको विजुली उपलब्ध गराउनुपर्छ, त्यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण रुपमा पहल भइरहेको छ । यसमा पनि सकारात्मक परिणाम आउने विश्वास छ,’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १९:१५
प्रतिक्रिया दिनुहोस्