Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिराटनगरबाट गाईघाट हिडेको बस यात्रुसहित कोशी व्यारेजमा खस्यो

बिहीबार, असोज १०, २०८१

काठमाण्डौ  - पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार बेलुका एउटा बस सप्तकोशी नदीमा खसेको छ। ब्यारेजको सप्तरीतिरको सीमामा बस खसेको हो ।

विराटनगरबाट सप्तरीतर्फ गुडिरहेको बस बिहीबार साँझ करिब ६ बजेर ५ मिनेटमा कोशी ब्यारेजबाट नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रहरी टोली घटनास्थल जादैछ ।

सप्तकोशी व्यारेज कोशी र मधेश प्रदेशको सीमा हो। यसले सप्तरी र सुनसरी जिल्ला पनि छुट्याउछ  । बिराटनगरबाट गाईघाटका लागि छुट्ने अन्तिम बस हो। यसबेला यात्रु खचाखच हुन्छन्। थप विवरण आउन बाँकी....

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्