Nic Ad Nic Ad
Nic Ad Nic Ad

सप्तकोशीमा खसेको बसबाट २० यात्रुको उद्धार

बिहीबार, असोज १०, २०८१

विराटनगर- कोसी ब्यारेजबाट कोसी नदीमा खसेको यात्रुवाहक बसका २० यात्रुलाई सशुकल उद्धार गरिएको छ।

विराटनगरबाट उदयपुर सदरमुकामा गाईघाट जाँदै गरेको यात्रुवाहक बस खसेपछ तत्कालै सुरक्षाकर्मी उद्धारमा जुटेका थिए ।

सुनसरी र सप्तरीको सिमानामा रहेको कोसी ब्यारेजबाट खसेको बसका २० जना यात्रुको उद्धार गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार बसमा कति यात्रु थिए भन्ने यकिन भने भएको छैन। बस अनियन्त्रित भएर ब्यारेज पुलको बार भत्काउँदै नदीमा खसेको थियो । ब्यारेजको ३४/३५ नम्बर ढोका छेउबाट अनियन्त्रित भई बस सप्तकोसीमा खसेको थियो ।

घटनास्थलमा नेपाल प्रहरी र शस्त्र प्रहरीसहित स्थानीय यात्रुको उद्धार कार्यमा लागिरहेको प्रहरी उपरीक्षक दाहालले बताए।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्