Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा क्यानडाको शानदार प्रदर्शन, चारै खेलमा जित

शुक्रबार, असोज ११, २०८१

काठमाडौ‌ - क्यानडाले घरेलु मैदानमा खेलेको आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजका चारै खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न ओमानविरुद्धको खेल ५ विकेटले जितेसँगै क्यानडाले चारै खेल जितेर सिरिज कब्जा गरेको हो ।

ओमानले दिएको १९९ रनको लक्ष्य पछाएको क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि ओमानले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

यो जितपछि क्यानडाले लिग-२ मा १२ खेलमा ८ जित र ४ हारसहित १६ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै ओमानले भने लिग- २ मा चौथो हार बेहोरेको छ । ओमानको ८ खेलमा ६ अंक रहेको छ र लिगमा छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्