Nic Ad Nic Ad
Nic Ad Nic Ad

नारायणगढ-मुग्लिनमा माइक्रोबस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते (नामावली)

शुक्रबार, असोज ११, २०८१

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ पन्ध्रकिलोमा बिहीबार राति माइक्रोबस र दूध बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख १७५२नम्बरको माइक्रोबस र मुग्लिन जाँदै गरेको बा.प्र.०३.००१ख २६२२ नं. को दूध बोक्ने ट्याङ्कर एक-आपसमा ठक्किएका हुन् ।

उक्त घटनामा घाइते हुनेमा नवपलपुरकाे कावासोती नगरपालिकापा-१४ बस्ने वर्ष ६८ की कमला श्रेष्ठ, (अवस्था मध्यम), नवलपुरकाे गैंडाकोट-५ बस्ने वर्ष  ३५ की रेजिना पराजुली (मध्यम), सोही स्थानकी वर्ष  २३ की अरुणिमा पौडेल(मध्यम), माइक्रो चालक नवलपुर कावासोती-१३ बस्ने वर्ष ३८ को चिन्ताबहादुर महत्तोकाे (अबस्था मध्यम) छन्। 

यस्तै, नवलपुरकै कावासोती ७ बस्ने वर्ष  ३२ का सन्तोष महत्तो (मध्यम), नवलपुर कावासोती १ बस्ने वर्ष २१ को निर्जन लुङ्गेली (मध्यम), नवलपुर कावासोती २ बस्ने वर्ष ३४ की निरमाया आले  (सामान्य),  नवलपुर कावासोती २ बस्ने वर्ष ६ को ईहान आले (मध्यम), नवलपुर कावासोती ७ बस्ने वर्ष ३८ को रामचन्द्र भुषाल (मध्यम), नवलपुर कावासोती ९ बस्ने वर्ष ३० को कृष्ण प्रसाद भुषाल (सामान्य),  नवलपुर कावासोती १५ बस्ने वर्ष २३ को सुनिल गैरे (मध्यम) र  बाग्लुङ जयमिनि गाउँपालिका ९ बस्ने वर्ष ३७ को फनिन्द्र थापा (मध्यम) रहेका छन्।

उनीहरुकाे चितवन मेडिकल कलेजमा र चार जनाको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्