Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगी छानबिन समितिको प्रतिवेदनमा शिशिरलाई हस्ताक्षर गर्न लगाउने स्वर्णिम थिए त?

शुक्रबार, असोज ११, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति रवि लामिछानेको बचाऊमा सबैभन्दा बढी बोल्ने नेता हुन् उपसभापति डा. स्वर्णिम वाग्ले र सह–महामन्त्री मनिष झा। 

सहकारी ठगी प्रकरणको छानबिनका लागि बनेको संसदीय विशेष समितिको रास्वपातर्फका सदस्य रहेका शिशिर खनालसहित वाग्ले र झा नेपाली कांग्रेस पृष्ठभूमीका हुन्। 

कांग्रेस त्यहि दल हो, जसले रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नताको आरोप लगाउँदै संसदीय समितिको माग राखी सदन समेत अबरोध गरेका थिए। 

अन्ततः समिति गठन भई उसले प्रतिवेदन समेत बुझाइसकेको छ। यस्तो प्रतिवेदन बुझायो कि लामिछाने दोषी हुन् या होइनन् भन्ने बहसले अहिले सबै क्षेत्र गर्माएको छ।

रास्वपाका निवर्तमान महामन्त्री मुकुल ढकालको दाबी छ,‘प्रतिवेदनमा शिशिर खनाललाई हस्ताक्षर गराउन लगाउने मान्छे उपसभापति स्वर्णिम वाग्ले हुन्।’

प्रतिवेदन सदनमा बुझाउने दिन भदौ ३१ गते अर्का सदस्य ध्रुवबहादुर प्रधानले क्यानडा नेपालसँग भनेका थिए,‘हामीले साइन गरिसक्यौं, माननीय शिशिर खनालको बाँकी छ।’

ढकालको दाबीमा कति तथ्य छ त्यसको परिक्षण बाँकी नै छ। तर, समितिका संयोजक सूर्य थापाले दिएको जानकारीअनुसार ढकालको दाबीमा विश्वास गर्ने शंकाको सुविधा प्रशस्त हुन्छ। 

रवि लामिछानेले लाइभका क्रममा सूर्य थापालाई बारम्बार धन्यवाद दिए। यसबाहेक इमेज टेलिभिजनका अन्तरवार्ताकार जगदिश खरेललाई पनि धन्यवाद दिए। तर, तिनै थापाले अन्तरवार्ताका क्रममा समितिका सदस्य रहेका रास्वपा सांसद शिशिर खनालको हाउभाउबारे भनेको विषयमा टिप्पणी गरेनन्। थापाले भनेका छन्,‘हामीले साइन गरिसकेका थियौं। तर, शिशिर खनालजी निक्कै तनावमा हुनुहुन्थ्यो, पार्टीका नेतृत्वसँग कहिले मेरो कार्यकक्षमा त कहिले बाहिर गएर फोन गरिरहनु भएको थियो। पार्टीका नेताले भनेपछि साइन गर्नुभयो।’

कुन नेता भन्नेबारे खुलेको छैन। ढकालले दाबी गरेअनुसार वाग्ले हुन् भन्ने विषयमा रास्वपाले अहिलेसम्म केही खुलाएको छैन। तर सभापति लामिछानेले पनि मैले नै हस्ताक्षर गर्नू भनी निर्देशन दिएको भन्नेबारे न त्यो लाइभमा भनेका थिए न त अन्यत्र कुनै फोरममा भनेका छन्। 

बरु, हस्ताक्षर नगरी नोट अफ डिसेन्ट लेख्नू भन्ने लामिछानेको आदेश थियो भन्ने अनौपचारिक जानकारी र तर्क पर्याप्त छन्। आखिर वाग्लेले त्यस्तो निर्देशन दिएका हुन् या होइनन्? यो रास्वपा पंक्तिले प्रष्ट पार्न आवश्यक छ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्