नेभिगेशन
मनोरञ्जन
गसिप 

फ्लप हिरोइन आँचल शर्माका ढर्रा

काठमाडौं– केहीबाहेक फिल्म ‘ब्याक टु ब्याक’ फ्लप भएकी हिरोइन हुन् आँचल शर्मा।

बर एन्ड बधुसम्म आइपुग्दा उनका चलेकाभन्दा नचलेका फिल्म धेरै छन्। 

एउटा सामान्य सौन्दर्य प्रतियोगितामा जित निकालेपछि फिल्म क्षेत्रमा लागेकी उनलाई विकास आचार्यको ‘नाई न भन्नु ल’को फ्रेन्चाइज ‘४’ मा डेब्यु मिल्यो। 
उक्त फिल्मले चर्चा पाए पनि आँचलका प्रायः फिल्मले हावा खाएका छन्। 

त्यहि फिल्ममा डेब्यु गरेकी अभिनेत्री बर्षा राउत एक पछि अर्को सफलताको सिढी चढ्दा आँचलका फिल्मले हावा खाने र ढर्राले सिढी चढिरहेका छन्।

बर एन्ड बधुको रेक कार्पेट भनेर प्रवेश गर्दा राजकुमारी शैली अपनाएकी आँचल शर्माका ‘जोनी जेन्टलम्यान’, ‘शत्रु गते’, ‘ब्ल्याक’, ‘दाल भात तरकारी’ र तेलुगुको हिटम्यान नामको फिल्मले पनि पानी पिउन सकेन। 

फिल्मका पण्डितहरू भन्छन्,‘आँचल फ्लप हिरोइन् हुन्। उनका नखरा धेरै हुन्छन्।’

फिल्मसम्बन्धी पत्रकार सम्मेलनमा विवादीत अभिव्यक्ति दिने र सामान्य ज्ञान समेत नराख्ने आँचल म्युजिक भिडिओमा जमे पनि त्यसबाहेक कहिँ कतै चलेकी छैनन्। फिल्मका पण्डितहरू सोध्छन्,‘खै, फेरि निर्देशकले किन लिन्छन्?’

मिस प्लस टु कहिले बन्लिन् डिप्लोम्याट?
Aachal-sharma-1727415670.jpg
achal-sharma-1727415670.jpg
420493085_964996264991930_156183425581437684_n-1727415670.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन