Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्वतका ग्रामीण सडक स्तरोन्नति गरिँदै

शुक्रबार, असोज ११, २०८१

पर्वत– जिल्लाका ग्रामीण सडकको धमाधम स्तरोन्नति थालिएको छ । सडक सुधार र स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८४ करोड विनियोजन गरेर काम सञ्चालन भएको हो ।

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८१-८२ मा पर्वतमा सडकसम्बन्धी एक सय २३ वटा योजनाका लागि रु ८३ करोड ७९ लाख ८० हजार विनियोजन गरेको हो ।

मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार अघिल्लो आर्थिक वर्षमा स्रोत सुनिश्चित भएका क्रमागत योजनासहित एक सय २३ वटा योजना सञ्चालन हुने बताउनुभयो । केही सङ्घीय सरकारअन्तर्गतका रहेका छन् भने प्रदेश सरकारका अधिकांश नयाँ योजना छन् ।

कुश्मा नगरपालिकामा ३३, फलेवासमा ३३, मोदी गाउँपालिकामा २०, जलजलामा १४, पैँयुमा ११, महाशिलामा सात र सबैभन्दा कम विहादी गाउँपालिकामा पाँचवटा योजना छन् । तीमध्ये ५० वटा योजनाको लगत अनुमान तयार भइसकेको र असोजभित्र ठेक्का प्रक्रिया अघि बढ्ने कार्यालय प्रमुख अर्यालले बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्