Nic Ad Nic Ad
Nic Ad Nic Ad
दम्पत्ती

शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

शुक्रबार, असोज ११, २०८१

काठमाडौं– विश्व शक्ति राष्ट्र मध्यको चीन आगामी दुई दशकभित्रमा सर्वशक्तिमान हुने प्रक्षेपण भइरहेको छ। 

यसलाई तिव्र गतिमा उदयीमान बनाउने नेतृत्व गरेका छन्, राष्ट्राध्यक्ष सी चिन फिनले। 

उनको नेतृत्वमा चीन तिव्र गतिमा अगाडि बढेको छ। विश्वका सर्वशक्तिमान मध्यका सीको पारिवारिक विषयमा भने खासै चर्चा हुने गरेको छैन। 
चीनकी प्रथम महिला को हुन्? उनको पृष्ठभूमी के हो र कसरी सीसँग उनको विवाह भयो? 

विदेश भ्रमणका क्रममा सीसँग देखिने गरेकी पत्नी पेङ लियुआनको आफ्नै पृष्ठभूमी छ। पेंग निक्कै चर्चित चिनियाँ लोकगायिका र फेसन डिजाइनर पनि हुन्। अब पेङले आफ्नो स्टाइललाई दुनियाँभरी छरेकी छन्।

कम्तिमा ३० वर्षसम्म पेङ चीनकी सुपरस्टारका रुपमा थिइन्।  विवाह गर्नुभन्दा अगाडी उनको चर्चाको कमाल कम थिएन। पेङको विवाह सीसँग करिब ३७ वर्षअघि १९८७ मा भएको थियो।

विश्वका शक्तिशाली सी र पेङको पहिलो भेट विवाहको एक वर्ष अघि अर्थात्, १९८६ मा एक आम साथीका रुपमा भएको थियो।

पेङ र सीको जीवनभरको साथीका रुपमा बाँधिने निर्णय कम्तिमा ४० मिनेटमा तय भएको पनि बताइन्छ। पेङ चीनको पिपुल्स लिवरेशन आर्मीमा सवैभन्दा कम उमेरमा मेजर जनरल हुने एकमात्र नागरिक थिइन्।

चीनमा गीत गाएर सवै अवार्ड हात पारेकी पेङ चीनकी प्रथम यस्ती नागरिक हुन् जसले परम्परागत संगितमा मास्टर डिग्रि प्राप्त गरेकी छन्। 

सन् १९६२ मा पेङको जन्म एक गरिब परिवारमा भएको थियो। तर गरिबीबाट निस्किएर पेंग चीनकै नामी गायिका भइन्। 

सन् २०१४ मा फोव्र्स पत्रिकाले पेङलाई दुनियाँका शक्तिशाली महिलाका रुपमा ५७ नम्बरमा राखेको थियो।Xi-Jinping-wife-1727419841.jpg
सन् २००२ मा, पेङलाई शानडोङ युनिभर्सिटी अफ आर्ट्समा भिजिटिङ प्रोफेसरको रूपमा नियुक्त गरिएको थियो। 

सेप्टेम्बर २००४ मा पेङ चिनियाँ कन्जर्भेटरी अफ म्युजिकमा भिजिटिङ प्रोफेसरको रूपमा नियुक्त भइन्।

सन् २००५ को सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको स्थापनाको ६०औँ वार्षिकोत्सवको आयोजक समितिको निमन्त्रणामा पेङले पहिलो पटक न्युयोर्क सहरको लिंकन सेन्टरमा चिनियाँ ओपेरा साल्सा अफ मुलान प्रस्तुत गरिन् र उनलाई विशिष्ट पुरस्कार प्रदान गरियो। 

लिङ्कन केनद्रले उनलाई पुरस्कार दिएको थियो। 

नोभेम्बर २००७ मा, चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार विभाग, कार्मिक मन्त्रालय र चिनियाँ साहित्य र कला सर्कलहरूको महासंघले पेङलाई राष्ट्रिय युवा र मध्यम उमेरका साहित्यकार र कलात्मक कार्यकर्ताको सद्गुण र उत्कृष्टताको मानार्थ उपाधि प्रदान गरेको थियो। 

सोही वर्ष स्वास्थ्य मन्त्रालयले पेङलाई क्षयरोग रोकथाम र उपचारका लागि राष्ट्रिय राजदूत नियुक्त गरेको थियो। त्यसबेलादेखि पेङ लियुआन क्षयरोग रोकथाम तथा उपचार प्रचार कार्यमा सक्रिय रूपमा संलग्न थिइन्। 

peng-liyuan-1727419819.jpg
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्