Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘बलिदान’को एक्सन दृश्यको छायांकन सुरु

शुक्रबार, असोज ११, २०८१

काठमाडौं- नेपाली चलचित्र ‘बलिदान’का एक्सन दृश्यहरूको छायाङ्कन सुरु भएको छ। चलचित्रका एक्सन दृश्यहरू दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टिमले तयार पारिरहेको छ । सामले राणा दगुबत्तीको चर्चित चलचित्र ‘हात्ती मेरे साथी’ र हालै रिलिज भएको चियान विक्रमको ‘थङ्गलम’ जस्ता सफल चलचित्रहरूमा एक्सन निर्देशन गरिसकेका छन् ।

यो चलचित्रको छायाङ्कन केही दिनदेखि नेपालका पूर्वी क्षेत्र इटहरी लगायतका स्थानहरूमा भइरहेको छ । चलचित्रका निर्देशक सन्तोष सेनका अनुसार, अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्यहरू छायाङ्कन भइरहेका छन् । समीर भट्ट लगायतका कलाकारहरूका दृश्यहरू अहिले छायाङ्कन भइरहेको छ । मुख्य भूमिकामा समीर भट्टसहित सौगात मल्ल, अर्पण थापा, दिव्य देव र अभिनेत्री ऋचा शर्माको पनि अभिनय रहनेछ ।

चलचित्रको कथा नेपालको सार्वभौम भूमिमा भइरहेका शोषण, अन्याय, र समाजका तथाकथित नाइकेहरूको विरुद्ध बलिदान दिनुपर्ने कथामा आधारित छ । निर्देशक सेनका अनुसार, ुबलिदानुलाई प्राविधिक पक्षमा पनि उच्चस्तरीय बनाउन मुम्बईबाट लाइट, साउन्ड, क्यामेरा लगायतका प्राविधिक सामग्रीहरू आयात गरिएको छ । सेनले भने, “कथामा नेपाली चलचित्रले धेरै प्रगति गरिसकेको छ । अब प्राविधिक रूपमा पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रिन सक्ने चलचित्र बनाउन हामी विशेष ध्यान दिएका छौँ ।”

‘आसुसेन फिल्म्स प्रा।ली।’ र सन्तोष सेनको प्रस्तुति रहने यो चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माताका रूपमा छन् भने प्रेम पुरी सह(निर्माताको भूमिकामा रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्