Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिनेश डिसी आएपछि बलिउड फिल्म रिलिज रोकियो तर कारण यस्तो

शुक्रबार, असोज ११, २०८१

काठमाडौ - दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर अभिनीत फिल्म 'देवरा' शुक्रबारदेखि भारतसहित विश्वव्यापी रिलिज भएको छ ।

भारतीय फिल्म ‘देवरा’को नेपाल प्रदर्शनमा भने ‘ रोक लगाइएको छ । बोर्ड स्रोतका अनुसार अब ‘देवरा’ सोमबारपछि मात्र रिलिज हुन पाउनेछ ।

बोर्डले यसअघि रिलिजको चार दिनअघि मात्रै सेन्सर भइसक्नुपर्ने निर्णय गरेको थियो । ‘बोर्डकै अघिल्लो निर्णयलाई कार्यान्वयन मात्र गरिएको हो । अबदेखि रिलिजको चार दिनअघि अनिवार्य सेन्सर गर्नुपर्ने हुन्छ’ बोर्ड स्रोतले भन्यो, ‘बोर्डको सर्त उल्लंघन भए हामी कानुन अनुसारको प्रक्रियामा अघि बढ्नुपर्ने हुन्छ ।’

सेन्सर सिफारिसमा पहल गर्न चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनसहित वितरक बिहीबार बेलुका बोर्डमा पुगेका थिए । शुक्रबार रिलिजको टुंगो नलागेपछि वान सिनेमाजले सूचना जारी गर्दै प्राविधिक कारण रिलिज तत्काललाई होल्डमा राखिएको जनाएको छ ।

क्यूएफएक्स, आईएनआईले ‘कमिङ सुन’बाट ‘देवरा’ हटाएका छन् । सेन्सर सिफारिस लिइसकेपछि वितरकले अब सेन्सरको प्रक्रिया अघि बढाउनुपर्नेछ ।

सेन्सर बोर्ड पनि मातहत रहने चलचित्र बिकास बोर्डको अध्यक्षमा दिनेश डिसी आएपछि रिलिज भएको बहुप्रतिक्षित देवरा चार दिन रोकियो। अन्य जे कारण देखाईए पनि शुक्रबार रिलिज भएका नेपाली फिल्मको बजार शून्य बनाउन सक्ने भएपछि यस्तो कारण देखाइएको हो।

 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्