Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं प्रहरी सुरक्षा योजना– ५ मिनेटमा घटनास्थल, ७६ क्युआरटी

शुक्रबार, असोज ११, २०८१

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व सुरक्षा योजनाबारे जानकारी दिएको छ। 

परिसर प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त रजौरेका अनुसार ५ मिनेटमा घटनास्थल पुग्नेगरी तयारी गरिएको छ। त्यसका निम्ति ७६ वटा क्विक रेस्पोन्स टिम (क्युआरटी) तयार पारिएको छ।

घटनाको सूचना पाएपछि सबैभन्दा पहिले पुग्ने क्यूआरटी टोलीसँग भएको क्यामेराले खिच्ने गतिविधि कन्ट्रोल रुमबाट मनिटर गर्न सकिन्छ । चाडपर्व अवधिभर २४ वटा टोलीले मोबाइल भ्यानबाट गस्ती गर्ने गरी काठमाडौँ प्रहरीले सुरक्षा योजना लागू गरेको छ ।

काठमाडौँ जिल्लालाई १४ वटा एरियामा विभाजन गरेर डीएसपीको कमान्डमा १० जनाको टिम परिचालन गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व सुरक्षाका लागि ३ दिनको लङ रुट पट्रोल र १ दिने सर्ट रुट पट्रोल गरिने एसपी नवराज अधिकारीले जानकारी दिए ।

दसैँ, तिहार र छठ पर्वको सुरक्षामा काठमाडौँ जिल्लामा मात्र ३ हजार ७६५ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरिएको छ । ३० मिनेटमा प्रतिकार्य पुरा गर्ने काठमाडौँ प्रहरीको योजना छ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्