Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीपहिरोको जोखिम : तीन स्थानीय तहका विद्यालय बन्द

शुक्रबार, असोज ११, २०८१

पाँचथर- अविरल वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि पाँचथरका तीन वटा स्थानीय तहका विद्यालय बन्द भएका छन् । 

तुम्बेवा, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाले शुक्रवार विद्यालय बन्द गर्ने निर्णय गरेका थिए । निरन्तरको झरीसँगै ठाउँ–ठाउँमा बाढी र पहिरोको जोखिम बढेको भन्दै पालिकाहरूले विद्यालयमा बिदा दिने निर्णय गरेपछि पालिकाका विद्यालय बन्द भएका हुन् ।

फालेलुङ गाउँपालिकाले पनि आ–आफ्नो अनुकूलता हेरेर विद्यालयमा बिदा दिन भनेको छ । बाढीपहिरोको जोखिम रहेका विद्यालयहरूले स्थानीय बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय लिन भनिएको पालिकाको शिक्षा शाखाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्