Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुरुङमार्ग छेउको सडकमा लेदोसहितको पहिरो खस्यो, नौबिसे–काठमाडौं सडक अवरुद्ध 

शुक्रबार, असोज ११, २०८१

काठमाडौं– निरन्तर भइरहेको बर्षाका कारण नौबिसे–काठमाडौं सडक खण्डको सुरुङमार्ग छेउमा शुक्रबार लेदोसहितको पहिरो खसेको छ।

पहिरो खसेपछि काठमाडौं–नौविसे सडकखण्डका दुईतर्फ नै बन्द भएको छ।

अविरल बर्षा जारी रहेका कारणले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ। सडक अबरोध हुँदा सवारी साधन चल्न पाएका छैनन्। यात्रुहरु बीच बाटोमा नै अलपत्र परेका छन्।

उपत्यकासहित देशका विभिन्न ठाउँमा सवारी अवरोध हुनेगरी बर्षा भइरहेको छ। बर्षाका कारण हवाई उडान पनि प्रभावित छन्। 
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्