Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुपर त्रिशूलीका मजदुरसहित चारवटा टिप्पर र दुई एक्साभेटर नदीमा फसे

शुक्रबार, असोज ११, २०८१

काठमाडौं : दुई दिनदेखिको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा जलविद्युत् आयोजनाका ४ वटा टिप्प र एउटा एक्साभेटर फसेका छन् ।

सुपर त्रिशुली हाइड्रोपावरको ४ वटा टिप्पर र २ वटा एक्साभेटर त्रिशुली नदीको बीचमा फसेका हुन् । आयोजना निर्माणका लागि प्रयोग गरिएका ती साधनमा केही चालक र मजदुर पनि फसेका छन् ।

सुपर त्रिशूली आयोजना निर्माणका क्रममा नदीलाई दुई भंगालो बनाएर खडा गरिएको कृ्त्रिम टापुमा ती साधान फसेका हुन्। तिनमा मजदुर र चालक पनि रहेका छन् । तर उनीहरू कति संख्यामा छन् भन्ने खुलेको छैन ।

लगातारको वर्षातका कारण त्रिशूली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेकोले उद्वारमा कठिनाई भएको छ ।

नुवाकोटको बुट्टारमा सुपर त्रिशुली हाइड्रोपावर आयोजना निर्माणाधीन छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्