Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी 

करिअरको सुरुआतमै किन यस्ती भइन् इन्स्पेक्टर बिनु शाही?

शुक्रबार, असोज ११, २०८१

काठमाडौं– जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरी अधिकारीको संयोजकत्वको ७ सदस्यीय छानबिन समितिको प्रारम्भिक रिपोर्टअनुसार भैंसेपाटी प्रभाग इञ्चार्जको जिम्मेवारीमा रहेकी इन्स्पेक्टर बिनु शाहीलाई निलम्बनका लागि उपत्यका प्रहरी कार्यालयमा सिफारिस गरियो। 

उक्त सिफारिसबारेमा खबर तेजीका साथ फैलिएका छन् र अब उपत्यका प्रहरी कार्यालयले निलम्बनका लागि गृह मन्त्रालयमा पत्राचार गर्छ या गर्दैन त्यो अध्ययनका क्रममा छ।

पहिला इन्स्पेक्टर बिनु शाही मुछिएको प्रकरणको संक्षेपको विवरण राखौं। 

इन्स्पेक्टर बिनुकुमारीमाथि आर्थिक अपचलन गरेको आरोप छ। बलात्कार घटनालाई हनिट्रयापमा रूपान्तरण गरेर आर्थिक लाभ लिएको विषयमा छानबिन चलिरहेको छ, अघि बढेको छ। 

जेठ २३ मा भैंसीपाटी गएकी उनले हालै बलात्कारको घट्नामा आरोपीसँग मिलेर आर्थिक लाभ लिएको जनाइएको छ। मोरङ घर भएका एक व्यापारीलाई भैंसेपाटी प्रभागको थुनामा राखी ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको प्रकरणमा उनी सहयोगी छन्।

६० लाख रुपैयाँ मागिन्छ।  तर पछि ३० लाख रुपैयाँमा सहमति हुन्छ । लेनदेनको बार्गेनिङ प्रहरी अधिकारीकै अगाडि भएको प्रारम्भिक छानबिनले देखाएको पति बताइन्छ। 

३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा हुन्छ भने १० लाखको चेक उनलाई दिएपछि व्यापारी छाडेको पनि बिनुमाथिको आरोप हो। 

थोरै पैसाको लोभमा यसरी विवादमा आउनेगरी, कानुन नै मिच्नेगरी इन्स्पेक्टर बिनु चल्न हुने थिएन। नेपाल प्रहरीमा अहिले हेरिने नयाँ पुस्ता केही राम्रो पद्दती र खास पुलिसिङमा सक्रिय हुन्छन् भन्ने मानक स्थापित भइरहेको बेला बिनु मुछिएको प्रकरण असाधारण मान्नुपर्छ।

यसबाहेक उनको करिअरको सुरुआती अवस्था थियो। हुन त समाजमा प्रहरीलाई गरिने टिप्पणीभन्दा अलग बन्ने खालको घटना यो होइन। उनी छिटपुटमा हुने यस्तो प्रकरणमा मुछिनुचाहिँ गलत हो।

नेपाल प्रहरीभित्र महिला अधिकारी अधिक कम छन्। तर जति छन् सफल छन्। प्रहरी महानिरिक्षकको प्रतिस्पर्धामा समेत परेकी एआईजी किरण बज्राचार्य अहिले उपत्यका प्रहरी कार्यालय प्रमुखमा छिन्। 

बिनुका लागि यो त अझ अवसर थियो, बज्राचार्यजस्तै बन्न उनको मार्गनिर्देशन लिने। तर, उनलाई बज्राचार्यले नै छानबिन समिति बनाउन निर्देशन दिनुपर्ने अवस्था आई लाग्नु दुर्भाग्य नै भयो। 

प्रहरीमा अहिले पनि डीएसपीहरू, एसपी, एसएसपी, डीआईजीदेखि एआईजीसम्म महिलाको प्रतिस्पर्धा हुँदै जानु कम खुशीको खबर थिएन, यो उपक्रमको भविष्यमा पुग्न सक्ने करिअर उनको थियो। 

यस्ता घटनाले जागिर नै जोगिए पनि नसियतले प्रहरी सेवाको भविष्यमा निक्कै हानि हुने पक्कापक्की देखिन्छ। यसर्थ, जसले प्रहरी सेवामा प्रवेश गरेर करिअर सुरु गरिरहेको छ, अथवा करिअरमै रहेका पनि आपराधिक विषयको मिलोमतोका खेलमा अल्झिनु राम्रो होइन। यसैले धेरै आफन्तदेखि प्रहरीका सहकर्मीले पनि सोचिरहेको प्रश्न खडा भएको होला सायद– करिअरको सुरुआतमै किन यस्ती भइन् इन्स्पेक्टर बिनु शाही?
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्