नारायणगढ–मुग्लिङ सडकमा रातभर सवारी चलाउन रोक
काठमाडौं– दुर्घटनाको जोखिम रहेको नारायणगढ–मुग्लिङ सडकमा शुक्रबार रातभरी सवारी साधन चलाउनका लागि रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले रातीको समयमा सवारी साधन चलाउनका लागि रोक लगाएको हो।
सो सडक खण्डमा गत महिना र त्यसअघि ठूला दुर्घटना भएका थिए।
अविरल बर्षाका कारण पहिरोको जोखिम भएपछि प्रशासनले यस्तो निर्णय गरेको हो।
यसअघि रातीको समयमा उक्त सडकखण्डमा पर्ने सिमलतालमा दुई वटा यात्रुबाहक बस पहिरोले बगाउँदा कम्तिमा ६४ जनाको मृत्यु भएको थियो।
सोही स्थानमा अर्को ट्रक पनि खसेको थियो। यसबाहेक सडकको अवस्था जर्जर रहेको र पहिरोको जोखिमका कारण पनि राती सवारी साधन चल्दा मानवीयसहितको क्षती हुन सक्ने भएपछि प्रशासनले यस्तो निर्देशन दिएको बताइन्छ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ १५:४३
प्रतिक्रिया दिनुहोस्