Nic Ad Nic Ad
Nic Ad Nic Ad

NEWS FLASH : सहकारी ठगी अभियुक्त मेयर देवकुमार नेपाली नयाँ दिल्लीमा पक्राउ

शुक्रबार, असोज ११, २०८१

काठमाडौं– सहकारी ठगीको अभियोग लागेका फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नयाँ दिल्लीमा पक्राउ गरिएको छ। 

इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरिएपछि उनलाई नयाँ दिल्ली विमानस्थलमा पक्राउ गरिएको नेपाल प्रहरीको उच्च स्रोतले जनाएको छ।

इमेज सहकारी सञ्चालन गरेका उनी दुई अर्ब अपचलन गरी फरार थिए।

एक हजार ४८१ बचतकर्ताको उजुरीका आधारमा प्रहरीले एक अर्ब ३३ करोड ९२ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै सरकारी वकिलको कार्यालयमार्फत  ०८० असारमा मेयर नेपालीसहित १० जनाविरुद्ध ठगी मुद्दा दायर गरेको थियो। यो मुद्दा हाल बागलुङ जिल्ला अदालतमा विचाराधीन छ।

नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको थियो। एमाले गण्डकी प्रदेश कमिटीको कार्यालय बैठकमार्फत नेपालीलाई निलम्बन गर्ने निर्णय भएको थियो।

सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएको र अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको भन्दै छानबिनका लागि एमालेले निलम्बन गरेको थियो।
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्