Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

शुक्रबार, असोज ११, २०८१

काठमाडौं– सहकारी ठगी गरी गोरखा मिडियाको सञ्चालक शेयर लिएका पूर्वडीआईजी छविलाल जोशीलाई अनुसन्धानका लागि थप ७ दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। 

शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले १० दिन म्याद थपको प्रस्ताव गरेको थियो। तर अदालतले ७ दिन मात्र म्याद थपेको हो। 

गोरखा मिडिया ग्रुपमा विभिन्न ५ सहकारीबाट ६५ करोड ठगी गरी लगिएको रकमले ग्यालेक्सी फोरके टिभी खोलिएको थियो। फरार रहेका जीबी राईको नेतृत्वमा जोशीसहित प्रबन्ध निर्देशकमा रवि लामिछाने गोरखा मिडियाको पार्टनर थिए।
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्