चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई एमालेको चार बुँदे ध्यानाकर्षण
काठमाडौँ- नेकपा (एमाले) ले चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई विभिन्न विषयमा चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
शुक्रवार विभाग प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडपर्व जनताले धूमधामसँग मनाउने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
हेर्नुहोस् पत्र :
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ १६:४७
प्रतिक्रिया दिनुहोस्