Nic Ad Nic Ad
Nic Ad Nic Ad

उखु र दूध किसानको बक्यौता तिर्न दुई अर्ब निकासा

शुक्रबार, असोज ११, २०८१

काठमाडौं- सरकारले दुग्ध तथा उखु किसानको बाँकी बक्यौता रकम निकासा गरेको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीको पहलमा दुग्ध तथा उखु किसानका लागि झन्डै दुई अर्ब रुपैयाँ निकासा भएको हो । यो सँगै अब उखु किसानले दसैंअगाडि नै बक्यौता रकम पाउनेछन् ।

दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि शुक्रबार मात्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ ।

कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सुनसरी गरी ८ जिल्लाका उखु किसानले पाउनुपर्ने रकमका लागि एक अर्ब ४५ करोड ३२ लाख २१ हजार ८६८ रुपैयाँ सम्बन्धित जिल्लालाई पठाएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्