Nic Ad Nic Ad
Nic Ad Nic Ad

दोलखामा विद्यार्थी भर्ना नहुँदा सिभिल इन्जिनियरिङको पढाइ बन्द

शुक्रबार, असोज ११, २०८१

दोलखा– सरकारको गाउँ गाउँमै प्राविधिक उत्पादन गर्ने अभियान अन्तर्गत दोलखाका करिब आधादर्जन विद्यालयहरूमा सञ्चालित तीन वर्षे सिभिल इन्जिनियरिङ विषयको पढाइ बन्द भएका छन् । अनुमति पाएका यहाँका पाँच विद्यालयमध्ये चार वटामा विद्यार्थी भर्ना हुन नआएपछि पढाइ बन्द भएको बताइएको छ ।

जिरी प्राविधिक शिक्षालय जिरीमा अहिलेसम्म ४८ जनाको कोटामा छ जना विद्यार्थी भर्ना भएका छन् । ग्रेड वृद्धिको नतिजासँगै अरु विद्यार्थी भर्ना हुन आउने झिनो आशा रहेको शिक्षालय प्रमुख कर्म शेर्पाले जानकारी बताए ।

उनका अनुसार तीन वर्ष अघिसम्म कोटा पूरा हुने गरेको थियो । गत वर्ष २१ जना मात्रै भर्ना भए । यो वर्ष छ जनाभन्दा बढी भर्ना हुने आशा झिनो रहेको छ । विद्यार्थी कम हुँदा अनुदान पनि कम आउँछ । कक्षा सञ्चालन सङकटमा पर्न थालेको छ ।

विद्यार्थी भर्ना नहुँदा शैलुङ गाउँपालिकाको दुर्गा माध्यमिक विद्यालयमा गत वर्षदेखि नै यो विषयको पढाइ बन्द भएको छ । विद्यालयका प्रधानाध्यापक बालकृष्ण दाहालले भने, सुरु सुरुमा यो विषय राम्रै लाग्यो । बिस्तारै गहन अध्ययन, खर्चिलो ,रोजगारी पाइनहाल्ने र पालिकाले ५० प्रतिशत विद्यार्थी स्थानीय हुनुपर्ने अन्यथा अनुदान नदिने नीति बनाएपछि झन् जटिल बनेको दाहालले बताए । यो विषय रद्द गरेर विज्ञान विषयको पठनपाठन सुरु गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्